RayNewsDaily
यमनमा हुथी र सरकारी फौजबीच झडप, ८१ लडाकू मारिए
  • हुथी र सरकारी फौजबीच झडपमा ८१ लडाकू मारिए ।
  • सरकारीतर्फ ३९ र हुथीतर्फ ४२ जनाको मृत्यु ।
  • लाल सागरको तटीय क्षेत्र र ताइजमा भिडन्त चर्कियो ।

दुबई  । यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी झडपमा कम्तीमा ८१ लडाकू मारिएका छन् । सैन्य तथा चिकित्सकीय स्रोतका अनुसार सरकारी फौजतर्फ ३९ र हुथीतर्फ ४२ जनाको मृत्यु भएको छ ।

लाल सागरको तटीय क्षेत्र र ताइजमा भएको भिडन्तमा हुथीहरूले रकेट, ड्रोन तथा स्थल आक्रमण गरेपछि झडप चर्किएको हो । सरकारी स्रोतका अनुसार हुथीहरूले रणनीतिक बन्दरगाह सहर मोखालाई अन्य सरकारी नियन्त्रणका क्षेत्रबाट अलग पार्दै बाब अल-मन्दब जलघाँटी आसपास अघि बढ्ने प्रयास गरिरहेका छन् ।

Yeman-in-world-map-1788513364.webp
एक दशकभन्दा लामो गृहयुद्धमा फसेको यमनमा सन् २०२२ मा भएको युद्धविराम कमजोर बनेपछि पुनः सैन्य तनाव बढेको छ । हुथीहरूले राजधानी सानासहित ठूलो भूभाग नियन्त्रणमा राखेका छन् भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई साउदी अरब नेतृत्वको गठबन्धनले समर्थन गर्दै आएको छ । एएफपी

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update