RayNewsDaily
मिनियापोलिसमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच जना घाइते
  • मिनियापोलिसमा गोली चल्दा तीन जनाको मृत्यु ।
  • दुई प्रहरीसहित पाँच जना घाइते ।
  • एफबिआईद्वारा पनि अनुसन्धान ।

मिनियापोलिस । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक अपार्टमेन्ट भवनमा बुधबार गोली चल्दा दुई जनाको मृत्यु भएको छ । गोली चलाउने संदिग्ध पनि मारिएका छन् भने घटनामा दुई प्रहरी अधिकारीसहित पाँच जना घाइते भएका छन् ।

अपराह्न ४ः३० बजेपछि गोली चलेको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । माथिल्लो तलामा थप गोली चलेपछि पुगेका प्रहरीलाई बाक्लो धुवाँका कारण उद्धार तथा कारबाहीमा कठिनाइ भएको अन्तरिम प्रहरी प्रमुख बिल पिटरसनले बताउनुभएको छ । घाइते तीन प्रहरी अधिकारीको अवस्था स्थिर रहेको छ ।

मृतकमध्ये एक जनाको घटनास्थलमै र अर्काको अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । संदिग्धको पहिचान र मृत्युको कारण भने तत्काल खुलाइएको छैन ।

प्रत्यक्षदर्शीका अनुसार गोली चलाउने व्यक्ति अपार्टमेन्टकै बासिन्दा हुन सक्ने र उनले यसअघि पनि हतियार प्रदर्शन गर्ने गरेका थिए । घटनापछि प्रहरीले लोरिङ पार्क क्षेत्रका बासिन्दालाई घटनास्थलबाट टाढा रहन आग्रह गरेको थियो ।

मिनेसोटाका गभर्नर टिम वाल्जले स्थानीय प्रहरीलाई राज्यका अधिकारीहरूले सहयोग गरिरहेको बताउनुभएको छ । घटनाको अनुसन्धानमा एफबिआई पनि संलग्न भएको छ । एपी

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update