चीनमा मेसाक चक्रवातपछिको बाढीमा १५९ जनाको मृत्यु, १० जना बेपत्ता
- गुआङ्सीमा भीषण बाढी ।
- १६ लाख ५० हजारभन्दा बढी प्रभावित ।
- उद्धारपछि पुनर्निर्माणमा जोड ।
न्यानिङ । चीनको दक्षिणी गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा मेसाक चक्रवातले निम्त्याएको भीषण बाढीमा परी १५९ जनाको मृत्यु भएको छ । बाढीमा १० जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
जुलाईको सुरुआतमा परेको भारी वर्षाका कारण आएको बाढीले क्षेत्रीय राजधानी नान्निङ र गुइगाङ्ग सहरमा १६ लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।
प्रभावित दुवै सहरले विपत्तिपछिको उद्धार, पुनःप्राप्ति तथा पुनर्निर्माणका साथै आगामी दिनमा विपद् रोकथाम, न्यूनीकरण र राहत क्षमता बढाउने कामलाई प्राथमिकता दिएको जनाएका छन् ।
जुलाईको सुरुआतमा गुआङ्सीमा ऐतिहासिक रूपमा लामो समयसम्म भारी वर्षा भएको थियो । त्यसपछि मेसाक चक्रवातको प्रभावले क्षेत्रमा थप भारी वर्षा गराउँदा भीषण बाढी आएको हो । सिन्ह्वा
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३ १२:१६
प्रतिक्रिया दिनुहोस्
