किएभ । युक्रेनमा भएको रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१ जना पुगेको युक्रेनी अधिकारीहरूले घोषणा गरेका छन् ।
स्थानीय अधिकारीहरू तथा उद्धार टोलीहरूले उच्च प्रभावित क्षेत्रका दुई क्षतिग्रस्त आवासीय भवनहरूमा पुरिएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी राखेको जनाइएको छ ।
रूसी आक्रमणमा ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल लगाथत ड्रोनको प्रहार गरेको जनाइएको छ ।
यस अघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किएभमा ठूलो रूसी आक्रमणको चेतावनी दिनु भएको थियो ।
यस अघि मृतकको सङ्या ११ जना पुगेको रिपोर्ट गरिएको थियो भने यो सङ्या अहिले बढेर २१ जना पुगेको पुष्टि गरिएको छ ।
रूस र युक्रेनले अर्को पक्षको आक्रमणलाई उल्ट्याएको दाबी गर्दै लगभग दैनिक जसो रिपोर्ट गरिएको छ आदान-प्रदान गरेका छन् । सन् २०२२ फेब्रुअरी-२४ देखि दुई देश बीच चलिरहेको द्वन्द्वका कारण यी दावीहरू अझै सम्म प्रमाणित भने भएका छैनन् । क्युएनए
