RayNewsDaily
चीन र रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती        
पूर्वी चीनको शानडोङ प्रान्तस्थित छिङदाओको सैन्य बन्दरगाहमा प्रवेश गर्दै गरेको रुसी क्षेप्यास्त्र क्रुजर 'भार्याग', यो जहाज 'जोइन्ट सी-२०२६' नौसैनिक अभ्यासमा सहभागी हुन त्यहाँ पुगेको हो । तस्वीर : सिन्ह्वा/ली जी

बेइजिङ । चीन र रुसले यसै महिनादेखि संयुक्त नौ सैनिक अभ्यास तथा सामुद्रिक गस्ती सञ्चालन गर्ने भएका छन्।     
     
चीनको राष्ट्रिय रक्षा मन्त्रालयले आइतबार जनाएअनुसार, दुवै देशका नौ सैनिक बलले चीनको पूर्वीशानडोङ प्रान्तस्थित छिङदाओ बन्दरगाह सहर नजिकको जलक्षेत्र तथा आकाशमा ‘जोइन्ट सी-२०२६’ नामक संयुक्त नौसैनिक अभ्यास गर्नेछन्।     
विज्ञप्तिअनुसार, अभ्यास सम्पन्न भएपछि दुवै पक्षका केही नौ सैनिक इकाइले प्रशान्त महासागरका सम्बन्धित क्षेत्रमा संयुक्त सामुद्रिक गस्ती पनि सञ्चालन गर्नेछन् ।     
     
मन्त्रालयले यस अभ्यासलाई दुई देशबीचको वार्षिक सैन्य सहयोग योजनाको हिस्सा बताउँदै यसले सुरक्षा चुनौतीको सामना गर्न तथा क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न योगदान पुर्याउने जनाएको छ । सिन्ह्वा

 


 
प्रकाशित मिति: आइतबार, असार २१, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update