रे समाचार/काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित गर्न सभामुख देवराज घिमिरे बाध्य हुनुभएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले एक सय किलो सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नाराबाजी र वेल घेराउ गरेका छन् । एमालेले सो प्रकण छानबिनका लागि उच्चस्तरीय समिति गठनकव माग राखी केही दिनदेखि संसद् बैठकमा नाराबाजी गरी अवरोध सिर्जना गरिरहेको छ ।
आजको बैठका एमाले सांसद ज्वालाकुमारी साहले बोलेलगत्तै सांसदहरूले नाराबाजी र वेल घेराउ गरेका थिए । एमाले सांसदहरूले लगातार नाराबाजी गरिरहेपछि बैठक स्थगित भएको छ। सभामुख घिमिरेले साउन २९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी सभालाई गराउनुभएको छ ।
