RayNewsDaily
दोलखामा पहिरोमा परी बालकको मृत्यु, तीन जना बेपत्ता   

दोलखा । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।    
    
गौरीशङ्कर गाउँपालिका-८ टोपाटारमा गए राति पहिरो गएको हो । गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर-८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिनुभयो ।    
    
पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर-७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उहाँकी श्रीमती रहेका छन् । स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको शव फेला परेको प्रजिअ धमलाले बताउनुभयो । सो पहिरोमा परी तीनजना घाइते भएका छन् । बेपत्ताको खोजीका लागि घट्नास्थलमा हेलिकोप्टर पठाइयको छ । उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update