RayNewsDaily
अत्याधुनिक हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईंका दुई जना सुरक्षा गार्ड पाँच दिन हिरासतमा

रे समाचार/काठमाडौं ।  अत्याधुनिक हतियार सहित पक्राउ परेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईका दुई जना सुरक्षा गार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । ती दुई जना सुरक्षा गार्ड सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका  थिए ।    
    
सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार एसएल आर २२बोरसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाललाई जिल्ला अदालत काठमाडौँले पाँच दिन हिरासतमा राखनेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।    
     
उहाँले भन्नुभयो, “सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका खड्का र धिमाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ, उनीहरुमाथी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।”    

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update