RayNewsDaily
उदाउँदो सूर्यलाई अघ्र्य दिंदै भव्य रुपमा छठ पर्व सम्पन्न

रमेश हतुवाली /काठमाडौं । आज विहान उदाउँदोे सूर्यलाई अघ्र्य दिंदै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा छठपर्व भव्य रुपमा सम्पन्न गरिएको छ ।

Chhath 2080 Rajbiraj1700455058.jpg

छठ पर्वको अधिल्लो दिन वेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिईने र त्यसको भोली पल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिएर व्रत सम्पन्न गर्ने परम्परा अनुसार मानिसहरु आज विहान सूर्योेदय हुनुभन्दा निक्कै अघि जलासय तर्फ लागिरहेको दृश्य आज यत्रतत्र देखिन्थ्यो ।

IMG_20231120_0640301700455087.jpg

काठमाडौं उपत्यकाका कमलपोखरी, गुह्यश्वरीस्थित बागमती नदीको किनार, जनकपुरको जनकपुरधाम, विराटनगरको सिंगिया खोला, सुनसरीको सुन्सरी खोला, झापाको मेची र माईनदी, राजविराज, वीरगञ्जको घडिअर्वा पोखरी, नेपालगञ्ज, महेन्द्रनगर, पोखराको फेवातालक्षेत्र लगायत देशभरका नदी, खोला, तालतलैया, पोखरी र नहरका किनाराहरुमा आज लाखौं भक्तजनहरुको घुईचो रहेको थियो ।

IMG_20231120_0600091700455117.jpg

श्रद्धालु भक्तजन, ब्रतालु तथा स्थानीयवासीहरु बिहान ३ वजेदेखि नै केरा, उखु, नरिवल, मुला, बेसार, ठेकुवा, भोगटे, अदुवा लगायतका विभिन्न पूजा सामग्रीहरु बोकेर नदी किनारा र घाटहरुमा जाँदै गरेको दृश्य देख्न पाईन्थ्यो ।

छठपर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले हिजो आईतबार बेलुकी काठमाडौंको गौरीघाट र कमलपोखरीमा पुगेर अस्ताउदो सूर्यको पूजाआराधना गर्नुभएको थियो ।  

सन्तान प्राप्ति, सम्पन्नता, आरोग्यता, सुख एवम् समृद्धिको लागि छठ पर्वको अवसरमा छठीमाई र सूर्यको कठोर व्रत वस्ने परम्परा रहँदै आएको छ । तराई मधेसमा मात्र सिमित रहेको छठ पर्व पछिल्ला वर्षहरुमा काठमाण्डू उपत्यका लगायत देशभर भव्य रुपमा मनाउन थालिएको छ । छठ पर्वको अवसरमा सरकारले देशभर एकदिन सार्वजनिक विदा दिने गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update