- लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना ।
- दुर्घटनामा तीन जनाको मृत्यु, एक जना घाइते ।
- घटनाको कारणबारे अनुसन्धान जारी ।
लस एन्जलस । अमेरिकाको लस एन्जलसमा समाचार सङ्कलनका लागि उडेको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
च्याट्सवर्थ क्षेत्रमा भएको घातक बस दुर्घटनाको समाचार सङ्कलन गरिरहेका बेला हेलिकप्टर खसेको हो । दुर्घटनापछि घटनास्थलमा ठूलो आगलागी भएको थियो ।
लस एन्जलस अग्नि विभागका अनुसार घटनास्थलमा चार जनाको स्वास्थ्य परीक्षण गरिएकोमा तीन जनालाई मृत घोषित गरिएको छ । एक जनालाई अस्पताल लगिएको छ । मृतकमध्ये एक जना जमिनमा रहेका व्यक्ति भएको बताइएको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टर स्थानीय समाचार संस्थाको रहेको पुष्टि भएको छ । हेलिकप्टरमा रहेका चालक र समाचारकर्मीबारे तत्काल थप विवरण सार्वजनिक गरिएको छैन ।
हेलिकप्टर दुर्घटनाको कारण खुल्न सकेको छैन । सम्बन्धित निकायले घटनाबारे अनुसन्धान गरिरहेका छन् । एएफपी
