भोटेकोशी बाढी अपडेट : मृतकको सङ्ख्या ६२६ पुग्यो
- रसुवा बाढीमा मृतकको सङ्ख्या ६२६ पुग्यो ।
- हालसम्म २ हजार ३०१ जनाको उद्धार ।
- उपत्यकाका अस्पतालमा १४० घाइते उपचार तथा डिस्चार्ज ।
रे समाचार/काठमाडौँ । रसुवा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ६२६ पुगेको छ । नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजेसम्मको विवरण सार्वजनिक गर्दै मृतकको सङ्ख्या ६२६ पुगेको जनाएको हो ।
प्रहरीका अनुसार रसुवा, धादिङ, गोरखा, नवलपरासी पूर्व, नुवाकोट, चितवन, तनहुँ र नवलपरासी पश्चिममा शव फेला परेका छन् । उपलब्ध विवरणअनुसार रसुवामा १३, धादिङमा ४९, गोरखामा ५४ र नवलपरासी पूर्वमा १५८ जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसोसम्म बाढी प्रभावित क्षेत्रबाट २ हजार ३०१ जनाको उद्धार गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा १४० घाइतेको उपचार तथा डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३ १६:३५
प्रतिक्रिया दिनुहोस्
