- नेपाली सेनाले ८५ जनाको हवाई उद्धार गर्यो ।
- निजी हेलिकप्टरबाट २९ जनाको उद्धार ।
- टिमुरे, धुन्चे, मैलुङ र बेत्रावतीबाट उद्धार ।
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरबाट ११४ जनाको हवाई उद्धार गरिएको छ ।
नेपाल प्रहरीका अनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना तथा निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन् ।
नेपाली सेनाले टिमुरे-धुन्चेबाट ६०, टिमुरे-त्रिशूलीबाट १३, मैलुङबाट पाँच, बेत्रावतीबाट चार र त्रिशूली-काठमाडौँबाट तीन जनाको उद्धार गरेको छ ।
त्यस्तै, निजी क्षेत्रअन्तर्गत कैलाश हेलिकप्टरले रसुवाबाट शिक्षण अस्पतालमा पाँच, सिम्रिकले रसुवाबाट तीन, अन्नपूर्णले रसुवाबाट शिक्षण अस्पतालमा चार जनाको उद्धार गरेको छ ।
प्रभु हेलिकप्टरले रसुवाबाट शिक्षण अस्पतालमा पाँच, सिम्रिकले दुई, फिसटेलले पाँच, एभरेष्टले दुई तथा प्रभु हेलीले रसुवाबाट वीर अस्पतालमा तीन जनाको उद्धार गरेको जनाइएको छ । रासस
