RayNewsDaily
ट्रम्पको दाबी : अमेरिकासँग पर्याप्त हतियार मौज्दात
  • ट्रम्पले अमेरिकासँग पर्याप्त हतियार मौज्दात रहेको दाबी गरे ।
  • सिएनएनले इरान युद्धपछि हतियार भण्डार घटेको रिपोर्ट गरेको थियो ।
  • गोप्य सूचना चुहाउनेलाई कडा कारबाहीको ट्रम्पको चेतावनी ।

वासिङ्टन । वासिङ्टन, २१ साउनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियार मौज्दात रहेको दाबी गर्नुभएको छ । उहाँको यो अभिव्यक्ति इरानविरुद्धको सैन्य अभियानपछि अमेरिकी हतियार भण्डार घटेको भन्ने समाचार सार्वजनिक भएको भोलिपल्ट आएको हो ।

सामाजिक सञ्जाल ‘ट्रुथ’ मा गरिएको पोस्टमा ट्रम्पले अमेरिकी रक्षा उद्योगले इतिहासकै धेरै प्लान्ट र कारखाना निर्माण गर्दै ठूलो मात्रामा हतियार उत्पादन गरिरहेको उल्लेख गर्नुभयो । आवश्यकताअनुसार ती हतियार अमेरिकामै आपूर्ति भइरहेको उहाँको भनाइ छ ।

missile-1786015108.jpeg
यसअघि सिएनएनले अमेरिकी सेनाले इरान युद्ध सुरु भएयता आफ्नो मिसाइल भण्डारको ठूलो हिस्सा तथा प्याट्रियट इन्टरसेप्टरको करिब आधा प्रयोग गरिसकेको जनाएको थियो । रिपोर्टअनुसार थप आक्रमणअघि नै हतियार मौज्दातबारे चिन्ता व्यक्त गरिएको थियो ।

वासिङ्टन पोस्टका अनुसार ट्रम्पले गत साता क्याम्प डेभिडमा रक्षामन्त्री पीट हेग्सेथसँग हतियार अभावसम्बन्धी जानकारीबारे स्पष्टीकरण माग्नुभएको थियो । ट्रम्पले सामाजिक सञ्जालमार्फत गोप्य सूचना चुहाउने व्यक्तिलाई पहिचान गरी कडा कारबाही गरिने चेतावनीसमेत दिनुभएको छ । सिन्ह्वा

 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update