RayNewsDaily
नेपाल-चीन कूटनीतिक सम्बन्धको ७१ वर्ष पूरा
फाइल तस्वीर : रे टिभी एचडी
  • नेपाल-चीन कूटनीतिक सम्बन्धको ७१ वर्ष पूरा ।
  • चिनियाँ राजदूतद्वारा मित्रता थप सुदृढ बनाउने प्रतिबद्धता ।
  • विकास र समृद्धिका लागि रणनीतिक साझेदारी विस्तारमा जोड ।

रे समाचार/काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्ष पूरा भएको छ । यस अवसरमा नेपालका लागि चीनका राजदूत चाङ माओमिङले दुई देशबीचको परम्परागत मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राजदूत चाङले जारी गर्नुभएको शुभकामना सन्देशमा विगत ७१ वर्षदेखि दुवै मुलुकबीच पारस्परिक सम्मान, विश्वास र आपसी लाभमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपालसँगको परम्परागत मित्रतालाई निरन्तर अघि बढाउँदै विकास र समृद्धिका लागि चिरस्थायी मित्रतामा आधारित रणनीतिक साझेदारीलाई थप उचाइमा पुर्‍याउन चीन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल र चीनबीच सन् १९५५ अगस्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसयता राजनीतिक, आर्थिक, व्यापार, पूर्वाधार, शिक्षा, संस्कृति तथा जनस्तरीय सम्बन्धका विविध क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको छ ।

 

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update