काठमाण्डू । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआई अन्तर्गत लगानी र सहयोग यस वर्षको पहिलो आधा अवधिमा उच्च–प्रविधि, हरियो र कम–कार्बन क्षेत्रहरूतर्फ बढ्दै गएको छ ।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोग एक अधिकारीले आज दिएको जानकारी अनुसार चीनले सन् २०१३ मा पहिलो पटक बिआरआई प्रस्ताव गरेदेखि, यो पहलले विश्वव्यापी कनेक्टिभिटी बढाउन निरन्तर काम गरिरहेको छ । त्यसैगरी व्यापार र आदानप्रदानको वृद्धिलाई पनि त्यसले प्रोत्साहित गरेको छ ।
राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) को जुलाई महिनाको पत्रकार सम्मेलनमा बोल्दै, एनडीआरसी को नीति अध्ययन कार्यालयका निर्देशक चियाङ यीले सन् २०२६ मा हालसम्म चीन र बिआरआई साझेदार देशहरू बीचको व्यापारमा भएको वृद्धिलाई संकेत गर्ने तथ्याङ्कलाई प्रस्तुत गर्नुभएको थियो ।
सीसीटिभीका अनुसार आर्थिक र व्यापारिक सहयोगको सन्दर्भमा, बिआरआई साझेदार देशहरूसँग चीनको कुल आयात र निर्यातको मात्रा १२.९७ ट्रिलियन युआन (लगभग १.९२ ट्रिलियन अमेरिकी डलर) पुगेको छ, जुन वर्ष–दर–वर्ष १४.८ प्रतिशतले बढेको छ, । जुन कुल विदेशी व्यापारको मात्राको ५०.९ प्रतिशत हो ।
निर्देशक चियाङ यीले यो पहल परिपक्व हुँदै जाँदा, यसले अब विश्वको हरित संक्रमण र समग्र आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनु भयो ।
