RayNewsDaily
चिनियाँ प्रधानमन्त्रीे र स्लोभाकियाका राष्ट्रपतिबीच भेटवार्ता

काठमाण्डू । चीनका प्रधानमन्त्री ली छियाङ र स्लोभाकियाका राष्ट्रपति पिटर पेलेग्रिनीबीच भेटवार्ता भएको छ ।चीनको राजकीय भ्रमणमा रहनु भएका स्लोभाकियाका राष्ट्रपति पिटर र चिनियाँ प्रधानमन्त्री ली छियाङबीच आज चीनको राजधानी पैचिङमा भेटवार्ता भएको हो । 

सो भेटवार्तामा चीनका प्रधानमन्त्री ली छियाङले चीन र स्लोभाकियाले कूटनीतिक सम्बन्ध स्थापना गरेदेखि नैे एकअर्कालाई सधैं पारस्परिक सम्मान र समानताका साथ व्यवहार गर्दै आएको बताउनु भयो । दशर्कौदेखि दुवै मुलुकबीच सम्मानित मित्रताको व्यवहार हुनु महत्वपूर्ण भएको पनि उहाँले बताउनु भयो । 

चीन स्लोभाकियासँग परम्परागत मित्रतालाई अगाडि बढाउन, रणनीतिक पारस्परिक विश्वासलाई सुदृढ पार्न, उच्च–गुणस्तरको बेल्ट एण्ड रोड सहयोगलाई अगाडि बढाउन, कनेक्टिभिटी, नयाँ ऊर्जा सवारी साधन र जनता–जनताबीचको आदानप्रदान जस्ता क्षेत्रमा सहयोगलाई गहिरो बनाउन दुई देशको विकास र समृद्धिलाई संयुक्त रूपमा प्रवद्र्धन गर्न तयार रहेको ली छियाङले बताउनु भयो । 

स्लोभाकियाले युरोपेली संघलाई चीनप्रतिको आफ्नो नीतिलाई अझ सकारात्मक र तर्कसंगत दिशामा समायोजन गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ली छियाङले चीन र युरोपेली संघबीचको आर्थिक र व्यापारिक सम्बन्धको सुदृढ र स्थिर विकासलाई प्रवद्र्धन गर्ने पनि बताउनुभयो । 

उक्त भेटवार्तामा बोल्नुहुँदै स्लोभाकियाका राष्ट्रपति पिटर पेलेग्रिनीले चीन र स्लोभाकियाकाबीचको सम्बन्ध निरन्त प्रगाढ हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो । स्लोभाकिया–चीन सम्बन्ध हाल इतिहासको उत्कृष्ट अवस्थामा रहेको उल्लेख गर्नुहुँदै उहाँले व्यापार, अर्थतन्त्र र जनता-जनताबीचको आदानप्रदान जस्ता क्षेत्रहरूमा सहयोगका सम्भावनालाई अझ बलियो बनाउन र सञ्चार तथा सहयोग विस्तार गर्न स्लोभाकिया इच्छुक रहेको जानकारी पनि दिनुभयो । 

सीसीटिभिका अनुसार स्लोभाकिया ईयू-चीन संवाद र सहयोगलाई अगाडि बढाउन सकारात्मक भूमिका निर्वाह गर्न  तयार तयार रहेको पनि उहाँको भनाई छ । 

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update