रे समाचार/काठमाण्डू । पृथ्वीका हिम क्षेत्रहरु पग्लने क्रम निरन्तर बढेसँगै विश्वमै तापक्रम बढिरहेको छ । बढ्दो तापक्रमका कारण मानिसहरु मात्र नभएर वन्यजन्तु र पशुपंक्षीहरु पनि प्रभावित भएका छन् ।

जलवायु विज्ञहरुले पृथ्वीको बढ्दो तापक्रमले प्राणी जगतमा ठूलो विनाश हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । सीसीटिभीका अनुसार चीनमा निर्माण गरिएका विभिन्न चिडियाखाना र जीवजन्तु संरक्षण केन्द्रमा रहेका जनावर र पशुहरुका लागि एसी जडान गर्ने, वरफ मिलाएर खानेकुराहरु दिने र सुत्नका लागि पनि प्रर्याप्त चिस्यानको व्यवस्था गरिएको जानकारी दिएको छ । ग्रीष्म ऋतुमा चिडियाखानाका कर्मचारीहरूले विविध कदम चालेर जनावरका लागि उच्च तापक्रमलाई कम पार्न खोजेका छन्।

चीन ठूलो पाण्डाका लागि विश्व प्रसिद्ध छ । पाण्डाको संरक्षणमा चीन सरकारले वर्षेनी करोडौं रकम खर्चिरहेको छ । त्यस अतिरिक्त बाघ, भालु, मृग जस्ता जनावरहरुको संरक्षणमा पनि चीन सरकारले प्रशस्त बजेट लगानी गरेको छ ।
