RayNewsDaily
भारतीय शिक्षामन्त्रीको राजीनामापछि सीजेपी आन्दोलन फिर्ता
  • शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिए ।
  • सीजेपीले ३७ दिन लामो आन्दोलन फिर्ता लियो ।
  • सरकारसँग पाँचबुँदे मागमा सहमति, थप वार्ता चार हप्तापछि ।

नयाँ दिल्ली  भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि कक्रोच जनता पार्टी (सीजेपी) ले ३७ दिनदेखि जारी आन्दोलन फिर्ता लिएको छ । सरकारसँग विभिन्न मागमा सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो ।

सीजेपीका मुख्य प्रवक्ता सौरव दासले सरकारसँग भएको तेस्रो चरणको वार्तापछि आन्दोलन सद्भावनापूर्वक फिर्ता लिएको जानकारी दिनुभयो । उहाँका अनुसार सहमतिका बुँदाहरू तोकिएको समयमै कार्यान्वयन हुने विश्वासका साथ आन्दोलन अन्त्य गरिएको हो ।

cjp-government_IDZ4MT03Fz-1784994020.jpg
सरकारले नीट परीक्षासँग सम्बन्धित आत्महत्या गरेका विद्यार्थीका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने, आन्दोलनका क्रममा देशभर दर्ता भएका मुद्दा (एफआईआर) फिर्ता लिने तथा प्रदर्शनकारीविरुद्ध थप कानुनी कारबाही नगर्ने आश्वासन दिएको सीजेपीले जनाएको छ ।

सीजेपीले सरकारसमक्ष शैक्षिक तथा परीक्षा प्रणाली सुधारसम्बन्धी पाँचबुँदे मागपत्र पनि बुझाएको छ । ती विषयमा थप छलफल गर्न चार हप्तापछि पुनः वार्ता गर्ने सहमति भएको जनाइएको छ ।

नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणपछि सुरु भएको आन्दोलनमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मुख्य माग थियो । शनिबार उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राजीनामा बुझाउँदै विद्यार्थीको हितलाई ध्यानमा राखेर पद छाडेको बताउनुभएको छ । एएनआई

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update