बेइजिङ । चीनको साङ्घाईमा आगामी जुलाईमा विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६ तथा विश्व व्यापी (ग्लोबल एआई गभर्नेन्स ) सम्बन्धि उच्च-स्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको चिनियाँ अधिकारीले बुधबार बताएका छन् ।
चीनले यस सम्मेलनलाई सबै पक्षहरूसँग एआइ सम्बन्धि अन्तर्राष्ट्रिय सहयोगलाई अझ सुदृढ पार्ने अवसरको रूपमा लिन उत्सुक रहेको राष्ट्रिय विकास र सुधार आयोगका उप-प्रमुख झोउ हाइबिङले पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
एआइले मानवको भविष्यमा ठुलो असर पार्ने बताउदै यो सबै देशहरूले सामना गर्ने साझा सवाल भएको झोउले बताउनु भएको छ । चीनले बहुपक्षवाद, खुलापन र समावेशीकरणको सिद्धान्तलाई समर्थन गर्दै एआइको युगमा विश्वव्यापी विकासमा आधुनिक चिनियाँ समाधानहरूसहित उल्लेख्य योगदान पुर्याएको जनाइएको छ ।
उहाँले चीनले विकास तथा सुरक्षा प्रयासहरू समन्वय गर्ने र बहुपक्षवादलाई सक्रिय रूपमा अभ्यास गर्नेछ, र जन-केन्द्रित एआइ पनि विकास गर्ने सिद्धान्तलाई समर्थन गर्ने जनाइएको छ । सिन्ह्वा
