चीनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ जना पुग्यो नौ जना अझै बेपत्ता
ताइयुवान । ताइयुवानको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार उत्तरी चीनको साङ्सी प्रान्तमा भएको कोइला खानी दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ भने अन्य नौ जना अझै बेपत्ता छन् । स्रोतका अनुसार ताइयुआन काउन्टीको लिउसेनयु कोइला खानीमा ग्यास विस्फोट भएर दुर्घटना भएको थियो ।
प्रान्त सरकारले उद्धारकर्ता र चिकित्सा कर्मचारीसहित ७५५ जनालाई घटनास्थलमा उद्धारका लागि तैनाथ गरेको र उद्धार कार्य जारी रहेको जनाएको छ । कुल १२३ जनालाई उपचारका लागि अस्पताल पठाइएको मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ३३ जना घर फर्केको जनाइएको छ । खानी दुर्घटनामा सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिलाई कानुनअनुसार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ब्यूरोले जनाएको छ । सिन्ह्वा
प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३ १७:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
