RayNewsDaily
चीन-रुस सम्बन्ध: विश्वको शताब्दी परिवर्तनमा रहेको महत्वपूर्ण स्थिरता

काठमाण्डू । मे १९ तारिखदेखि २० तारिखसम्म रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको राजकीय भ्रमण गर्दै उल्लेखनीय उपलब्धि प्राप्त गर्नुभएको छ।

भ्रमण अवधिमा दुवै देशका राष्ट्रनायकले भेट-वार्ता गर्नुहुँदै अनेकन् महत्वपूर्ण विषयहरूबारे रणनीतिक समन्वय गरी चीन रूस सम्पूर्ण रणनीतिक सहयोगात्मक समझेदारी सम्बन्धलाई अघि बढाउनका लागि नयाँ मतैक्यता प्राप्त गर्नुभएको छ।

1779352564819_796-1779418920.jpg
 

चालु वर्ष चीन रूस रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थापनाको ३० औँ वर्षगाँठ हुनुका साथै चीन रूस असल छिमेकी मैत्रीपूर्ण सहकार्य सन्धि सम्पन्न भएको २५ औँ वार्षिकोत्सव पनि हो। बितेका समयबाट हेर्दा राष्ट्रनायक कूटनीतिले सधैं नै नयाँ युगमा चीन रूस सम्बन्धको विकासलाई सही दिशा देखाउँदै आएको छ।

नयाँ शुरूवातमा उभिँदा दुवै पक्षले दुई देशका राष्ट्रनायक बीच सम्पन्न महत्वपूर्ण मतैक्य बमोजिम अझ उच्च गुणस्तरीय सम्पूर्ण रणनीतिक सहकार्यलाई प्रबर्द्धन गर्दै अझ दृढताका साथ “विश्व सय वर्षको परिवर्तनमा रहेको महत्वपूर्ण स्थिर मात्रा” भन्ने भूमिका निर्वाह गर्दै जानेछन्। CGTN

 

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update