राष्ट्रपति सी चिनफिङद्वारा राष्ट्रपति पुटिनको स्वागत
काठमाण्डू । चीनको राजकीय भ्रमणमा रहनुभएका रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भव्य स्वागत गर्नुभएको छ ।
राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित जन बृहत् सभा भवनको पूर्वी गेटबाहिरको चोकमा राष्ट्रपति पुटिनको सम्मानमा भव्य स्वागत समारोहको आयोजना गर्नुभएको हो ।
राष्ट्रपति पुटिन चीनको दुई दिने भ्रमणका लागि हिजो राति विशेष विमानबाट चीनको राजधानी पैचिङ पुग्नु भएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३ १०:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
