RayNewsDaily
नाइजेरियाको दक्षिणमा अधिकांश बालबालिकासहित ४६ जना अपहरित, क्रिश्चियन समूहमाथि आक्रमण

लागोस । दक्षिणपश्चिम नाइजेरियाका तीन विद्यालयहरूमा भएको आक्रमणमा कम्तीमा ४६ जनालाई अपहरण गरिएको छ । 

“अपहरणमा पर्नेमा अधिकांश बालबालिका रहेका छन्,” नाइजेरियाको क्रिश्चियन एसोसिएसनले सोमबार भनेको छ।

दक्षिणपश्चिमी राज्यमा भएको आक्रमणमा अपहरणमा परेका दुईदेखि १६ वर्षसम्मका बालबालिकासहित ४६ जना रहेको ओयो राज्यका अध्यक्ष एलिशा ओलुकायोड ओगुन्डियाले शुक्रबार बताउनुभयो । 

नाइजेरिया फिरौतीका लागि अपहरण गर्ने र ग्रामीण क्षेत्रलाई निशाना बनाउने डाकु भनिने आपराधिक गिरोहको सङ्कटसँग जुधिरहेको छ। सबैभन्दा बढी द्वन्द्व देखिएका देशको उत्तरी र मध्य भागमा विद्यालयमा आक्रमण र अपहरण हुने गरेको छ। 

बन्दुकधारीहरूले यावोटाको ब्याप्टिस्ट नर्सरी र प्राइमरी र एसिलका अन्य दुई विद्यालयहरूमा एकैसाथ आक्रमण गरेका थिए । 

“आक्रमणकारीहरूले विद्यालयका केही शिक्षक, विद्यार्थी र कर्मचारीहरूलाई अपहरण गरी लगेका थिए,” प्रहरीले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ। 

आक्रमणले ‘ओयो स्टेट युनिभर्सल बेसिक एजुकेशन बोर्ड’लाई ‘कुनै पनि ठूला घटनाहरू रोक्न र सुरक्षा निकायहरूलाई यस क्षेत्रमा पूर्ण रूपमा स्थिरता ल्याउन सघाउन वरपरका विद्यालयहरू शुक्रबारदेखि अस्थायी रूपमा बन्द गर्न आदेश दिइएको थियो। सोमबारबाट विद्यालयहरू खुलेका छन् । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update