RayNewsDaily
इरान र फिफाबीच ‘रचनात्मक’ बैठक

टर्की । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्न इस्तानबुलमा शनिबार भएको बैठकले इरानी टोलीका लागि ‘रचनात्मक’ र ‘राम्रो’ छलफल भएको बताउनुभएको छ। 

मध्यपूर्वमा युद्ध चलिरहे पनि इरानले समूह चरणका तीनवटै खेल अमेरिकामै खेल्ने तालिका छ ।

“हामीले इरान एफएसँग रचनात्मक वार्ता गरेका छौँ, वार्ता सफल भएको छ,” ग्राफस्ट्रमले भन्नुभयो । 

उहाँले भन्नुभयो, “मलाई लाग्छ हामी उनीहरूलाई विश्वकपमा स्वागत गर्न धेरै उत्सुक छौँ । यसका लागि सँगै मिलेर काम गरिरहेका छौँ।”

“हामीले प्रत्येक सदस्य संघसँगजस्तै इरानी टोलीको परिचालनसम्बन्धमा छलफल गर्ने अवसर पाएका छौँ,” उहाँले अगाडि भन्नुभयो । 

उहाँले थप्नुभयो, “म धेरै खुसी छु, हामी छलफलबाट सकारात्मक कुराहरूको आदानप्रदान गर्न सक्षम भयौँ । इरान एफए र फिफा दुवै बैठकबाट धेरै खुसी छन् र संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोमा इरानी फुटबल टोली ९टीम मेली० लाई स्वागत गर्न उत्सुक छन्।”

इरानी फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले गत बिहीबार इरानको टोलीका लागि भिसा जारी नगरिएको बताउनुभएको थियो । 

उहाँले शनिबारको बैठकलाई विवरणमा नगई ‘सकारात्मक र रचनात्मक’ पनि भन्नुभएको छ। 

“हामीले हाम्रो चिन्ताको बारेमा छलफल गर्यौं र टीम मेलीको सहज सहभागिता सुनिश्चित गर्न हाम्रो संयुक्त प्रतिबद्धता व्यक्त गर्यौं,” उहाँले भन्नुभयो । 

टर्की फुटबल फेडरेशनको मुख्यालयमा आयोजित यो बैठक सोमबार बिहान टर्कीको प्रशिक्षण शिविरमा जाने तयारी गरिरहेका बेला भएको हो ।

इरानले अन्टालियामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । उनीहरूले पहिले नै मे २९ मा गाम्बियाबिरूद्ध एक खेलको पुष्टि गरिसकेका छन्, इरानी टीमको लागि मैत्रीपूर्ण खेल सेट गर्ने कम्पनीको नेतृत्व गर्ने एक इरानीमुलका क्यानेडियाली नागरिकसाम मेहदीजादेहले भन्नुभयो ।  

इरान लगातार चौथो पटक फाइनलमा पुगेको छ र टोली अमेरिका पुगेपछि एरिजोनाको टक्सनमा रहनेछ । इरानले समूह–जीमा रहेर जुन १५ मा लस एन्जलसमा न्यूजिल्याण्डसँग विश्वकप अभियान सुरु गर्नेछ, त्यसपछि त्यही शहरमा बेल्जियम र त्यसपछि सिएटलमा इजिप्टको सामना गर्नेछ। रासस/एएफपी

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  २१:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update