RayNewsDaily
इरानको १४ बुदे शान्ति प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

तेहरान  संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको १४ बुदे शान्ति प्रस्तावलाई अस्वीकार गरेको इरानी दैनिक अखबार तेहरान टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ ।

इरानले दुई चरणको वार्ता प्रक्रियाको प्रस्तावसहित उक्त प्रस्ताव पेस गरेका तेहरान टाइम्सले जनाएको छ ।

 प्रस्ताव अनुसार पहिलो चरणको लक्ष्य युद्धको अन्त्य गर्नु हो भने इरानका सर्तहरू पूरा भए पछि आणविक मुद्दा सम्बन्धी दोस्रो चरणको वार्ता सुरु हुनेछ ।

यस महिनाको सुरुमा, इरानले संयुक्त राज्य अमेरिकामा १४–बुदे प्रस्ताव पेश गर्दै शत्रुता अन्त्य र आफ्नो क्षेत्र बाट अमेरिकी सेना को पूर्ण निकासीको आह्वान गरेको थियो ।

यो  प्रस्ताव अमेरिकी प्रस्तावको जवाफमा पाकिस्तानी मध्यस्थता मार्फत प्रदान गरिएको थियो ।

 यस अघि वासिङ्टनको योजनाले दुई महिनाको युद्धविरामको आह्वान गर्दा, तेहरानल युद्धविरामको सट्टा “युद्धको अन्त्य“ मा केन्द्रित हुदै ३० दिनको समयसीमा अनुरोध गरेको थियो । रासस/ सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update