RayNewsDaily
उपराष्ट्रपति यादव स्वागत समारोहमा

काठमाण्डू । उपराष्ट्रपति रामसहायप्रसाद यादव युरोप दिवसका अवसरमा नेपालका लागि युरोपेली सङ्घ (इयू)का राजदूत भिरोनिक लरेन्जोले आज साँझ ललितपुरमा आयोजना गर्नुभएको विशेष स्वागत समारोहमा सहभागी हुनुभयो ।

त्यस अवसरमा राजदूत लरेन्जोले ५२ वर्ष पुरानो इयू र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । शिक्षा र सीप विकासका माध्यमबाट नेपाली युवालाई रोजगारीका अवसर सृजना गर्न इयूले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो । 

नेपालको सामाजिक–आर्थिक विकासका साथै जलवायु परिवर्तनका प्रभाव घटाउन इयूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता राजदूत लरेन्जोले व्यक्त गर्नुभयो । समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, उद्योगपति–व्यापारीका साथै वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update