RayNewsDaily
शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता   

काठमाण्डू । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गर्नुभएको     
    
सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटका क्रममा उहाँहरूबीच नेपाल अष्ट्रेलियाबीचको सम्बन्ध, शिक्षा, विकास साझेदारलगायत विषयमा छलफल भएको थियो विशेषगरी उहाँहरूबीच उच्च शिक्षामा अन्तरदेशीय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबीच सहकार्यको सम्भावनाका विषयमा छलफल भएको थियो     
    
भेटमा शिक्षामन्त्री पोखरेलले अष्ट्रेलियन उच्च शिक्षाका राम्रा कार्यक्रममा सहकार्य साझेदारिताका विषयमा सकारात्मक रहेको भन्दै ती विषयमा कानुनी प्रबन्धका लागि पहल गरिने विश्वास व्यक्त गर्नुभयो     
    
मन्त्री पोखरेलले विश्वस्तरीय शिक्षा नेपालमै दिनेगरी नीतिगत सुधार गरेर जानुपर्नेमा जोड दिनुभयो उहाँले विद्यालय शिक्षा क्षेत्रमा सुधारका अरू विकास साझेदारहरूसँग जस्तै अष्ट्रेलियासँग पनि सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताउनुभयो     
    
राजदूत महामहिम अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशीय शिक्षा प्रबन्धकका बारेमा चासो व्यक्त गर्दै उहाँले उच्च शिक्षाका राम्रा अष्ट्रेलियन कार्यक्रमहरूमा साझेदारी गर्ने इच्छासमेत व्यक्त गर्नुभएको  रासस   

प्रकाशित मिति: शुक्रबार, वैशाख २५, २०८३  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update