RayNewsDaily
परराष्ट्रमन्त्रीसँग सार्क महासचिवको भेट    

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको छ ।     
     
त्यस अवसरमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update