RayNewsDaily
अमेरिकी आक्रमणमा पाँच जनाको मृत्यु        

तेहरान । अमेरिकाले कार्गो डुङ्गाहरूमा गरेको आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको इरानको तस्निम समाचार एजेन्सीले मङ्गलबार जनाएको छ ।     
     
अमेरिकी सेनाले छ वटा इरानी डुङ्गाहरुलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ , भने इरानको कुनै पनि लडाकू जहाजहरू आक्रमण बाट प्रभावित भनएको जनाइएको छ ।     
     
ओमानको तटमा खसाबबाट इरानतर्फ जाँदै गरेका दुई वटा कार्गो डुङ्गाहरूमा अमेरिकी सेनाले आक्रमण गर्दा डुङ्गामा सवार पाँच जना सर्वसाधारण नागरिक यात्रुहरूको मृत्यु भएको जनाइएको छ ।     
     
अमेरिकी कमाण्डका प्रमुख ब्राड कुपरले भने अमेरिकी सेनाले छ वटा इरानी डुङ्गाहरूमा स्ट्रेट अफ होर्मुजमा डुबाएको बताउनु भएको छ ।     
     
 अमेरिकी हेलिकप्टरहरूद्वारा इरानी डुङ्गाहरू प्रहार गरिएको कूपरले पत्रकारहरुसँको साक्षतकारमा बताउनु भएको छ । सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update