RayNewsDaily
राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी   

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गर्नुभएको छ ।    
    
राष्ट्रपति कार्यालयका अनुसार उहाँले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ आज जारी गर्नुभएको हो । रासस   

1-19_अध्यादेश-जारी_विज्ञप्ति_IMG_0001-scaled-1777727585.jpg
 

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update