RayNewsDaily
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा

काठमाण्डू । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएकाले पार्टीले आगामी पाँच वर्ष जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

    आज १३७औँ विश्व श्रमिक दिवसका अवसरमा ‘लोकतन्त्र, ट्रेड युनियन र मानवअधिकारः समग्र श्रमिकको संवैधानिक अधिकार’ भन्ने नारासहित नेपाल ट्रेड युनियन कांग्रेसद्वारा यहाँ आयोजित कार्यक्रममा सभापति थापाले कांग्रेस जनादेशअनुसार अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप संसदीय प्रणालीभित्रै रहेर कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँले स्पष्ट पार्नुभयो । 

    नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय परिषद्का अध्यक्ष योगेन्द्र कुँवरले सरकार श्रमिकका माग सुनुवाइ गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

    सोही कार्यक्रममा विभिन्न राष्ट्रबाट आएका श्रमिक अगुवाले श्रमिक अधिकारको संरक्षण, सामाजिक न्याय र समावेशी आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र र श्रमिक सङ्गठनबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको थियो । कार्यक्रमका वक्ताहरूले श्रमिक अधिकार, सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, सुरक्षित काम गर्ने वातावरण र ट्रेड युनियनको भूमिकाबारे आआफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update