परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
काठमाण्डू । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले शिष्टाचार भेट गर्नुभएको छ ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ । त्यसैगरी, सो अवसरमा द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै छलफल गरिएको थियो । रासस
प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३ १८:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
