RayNewsDaily
नोबेल शान्ति पुरस्कारका लागि २८७ जना व्यक्ति र संस्थाको नाम सिफारिस

ओस्लो । सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि २८७ जनाको नाम सिफारिस गरिने भएको छ ।

नयाँ सिफारिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि समावेश भए नभएको अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।

नर्वेको नोबेल कमिटीका सचिव क्रिस्टियन बर्ग हार्पविकनले बिहीबार भन्नुभयो, “यस वर्षको मनोनयनमा २०८ व्यक्ति र ७९ संस्थाहरू समावेश छन्।”

उहाँले गत वर्षको तुलनामा यो पटक धेरै नयाँ नाम रहेको पनि जानकारी दिनुभयो । उहाँले सिफरिसमा अमेरिकी राष्ट्रपति ट्रम्पको नाम समावेश भएको भन्ने बिषयमा कुनै टिप्पणी गरेका छैनन् ।

“म अहिले यो काममा नयाँ छु,” जनवरी २०२५ मा सचिव नियुक्त भएका हार्पविकनले भन्नुभयो ।

उहाँले भन्नुभयो, “मलाई अचम्म लागेको कुरा यो हो कि यो सूची वर्षैपिच्छे कति धेरै परिवर्तन भएको छ। विश्वभरि बढ्दो द्वन्द्व र अन्तर्राष्ट्रिय सहयोगको दबाबका बाबजुद पनि यो पुरस्कार आज पनि सान्दर्भिक छ ।”

उहाँले भन्नुभयो, “हामी बाँचिरहेको समयमा शान्ति पुरस्कार अझ महत्त्वपूर्ण हुन्छ। पहिले जस्तै र अहिले अझ बढी राम्रो काम भइरहेको छ ।” एएफपी

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  २१:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update