कमलादेवी पन्त राष्ट्रियसभामा कांग्रेसको संसदीय दलको नेता
रे समाचार/काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेता पदमा कमलादेवी पन्तलाई मनोनयन गर्नुभएको छ । यसअघि राष्ट्रियसभा दलको नेतामा कृष्ण सिटौला हुनुहुन्थ्यो । सिटौला कांग्रेसमा शेरबहादुर देउवा पक्षका हुनुहुन्छ भने पन्त गगन थापा पक्षकी हुनुहुन्छ ।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) बमोजिम उहाँले सांसद पन्तलाई उक्त पदमा मनोनयन गर्नुभएको हो ।
वासना थापा र निश्कल राई ।
यसैगरी, नेता आङदेम्बेले प्रतिनिधिसभामा पार्टीका तर्फबाट संसदीय दलको उपनेतामा अभिषेकप्रताप शाह, मुख्य सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३ १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
