RayNewsDaily
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु, ८४ जना घाइते        

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले आज बताएका छन् ।     
     
दुर्घटना पछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटी समवेदना व्यक्त गर्दै दुखद घटनाको सिग्र अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।     
     
रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले १४ जनाको मृत्यु भएको पुष्टि गर्नु भएको छ । उहाँका अनुसार मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको छ भने ८४ जना घाइतेहरूले विभिन्न स्वास्थ्य सुविधाहरूमा उपचारका लागि लगिएको छ ।     
     
स्थानीय समय अनुसार वेलुका करिब ८ः५० मा जकार्ता-बेकासी मार्गमा चल्ने लामो दूरीको रेलहरु एक आपसमा ठोक्किदा दुर्घटना भएको जनाइएको छ ।     
     
रेल अपरेटर र राष्ट्रिय यातायात सुरक्षा समितिले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएका छन् । सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update