RayNewsDaily
वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यहीँ  वैशाख  ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update