RayNewsDaily
इरान र पाकिस्तानका विदेशमन्त्रीबीच युद्धविराम र क्षेत्रीय स्थिरताबारे छलफल        

इस्लामावाद । अमेरिका र इरानबिच शान्तिका लागि पाकिस्तानी मध्यस्थतामा आयोजना गर्न लागिएको वार्ताका लागि सहभागी हुन पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले आफ्ना इरानी समकक्षी सैयद अब्बास अराघचीसँग टेलिफोन वार्ता गरी सोमबार आग्रह गर्नुभएको छ ।     
     
विदेशमन्त्री दारले इरानी समकषी अराघचीसँग सोमबार कुराकानी गरी युद्धविरामका प्रयास तथा क्षेत्रीय स्थायित्वबारे छलफल गर्नुभएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको हो ।     
     
टेलिफोनमार्फत् भएको कुराकानीका क्रममा दारले कूटनीतिक च्यानलमार्फत थाँती रहेका मुद्दाहरू समाधान गर्न र यस क्षेत्रमा शान्ति प्रबद्र्धन गर्न निरन्तर वार्ता र शीघ्र संलग्नताको आवश्यकतामा जोड दिनुभयो ।     
     
दुवै पक्ष निकट सम्पर्कमा रहन सहमत भएको पाकिस्तानी विदेश मन्त्रालयले मन्त्री दारलाई उद्धृत गरी जनाएको छ।     
     
२४ घण्टाभन्दा कम समयमा दुई विदेशमन्त्रीहरूबीच भएको यो दोस्रो भेट हो । यो प्रयासले पाकिस्तानले क्षेत्रीय तनावको शान्तिपूर्ण समाधानलाई समर्थन जारी राख्दा तीव्र कूटनीतिक पहललाई प्रतिबिम्बित गर्दछ । एएफपी 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  ०९:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update