परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले भेटवार्ता गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेट्मा उहाँहरुबीच नेपाल-जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्र मन्त्रीमा नियुक्त हुनु भएकामा मन्त्री खनाललाई शुभकामना व्यक्त गर्नुभएको थियो । रासस
प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३ १५:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
