RayNewsDaily
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट    

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।     
     
मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा उहाँहरूबीच नेपाल-बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।     
     
नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री पोखरेलले सातवटै प्रदेशमा सञ्चालन हुन लागेको ‘अटिजम’ स्कुललाई सघाउन आग्रह गर्नुभएको थियो ।     
     
मन्त्री पोखरेलको निजी सचिवालयका अनुसार उक्त विद्यालयलाई स्रोत र जनशक्ति विकासमा सहयोग गर्न उहाँले राजदूतसमक्ष अनुरोध गर्नुभएको थियो । रासस   
 

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update