RayNewsDaily
सभामुख अर्यालसँग यूएडीपी प्रतिनिधिको भेट

काठमाण्डू । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम ९यूएनडीपी० की आवासीय प्रतिनिधि क्योको योकोसुकाले शिष्टाचार भेट गर्नुभएको छ ।

    आज सिंहदरबारमा भएको भेटमा सभामुखले ‘डिजिटलाइजेशन’ तथा ‘ई–पार्लियामेन्ट’ निर्माणमा आफ्नो विशेष चासो रहेको बताउँदै संसद्लाई ‘पेपरलेस’ प्रणालीतर्फ लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले यससम्बन्धी समझदारीपत्रको अध्ययनपछि सहकार्यको ‘मोडालिटी’बारे थप छलफल गरिने उल्लेख गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

    यूएनडीपीकी आवासीय प्रतिनिधि योकोसुकाले सांसदहरूको क्षमता विकास, महिला सशक्तीकरण तथा सीमान्तकृत समुदायको उत्थानका क्षेत्रमा सहकार्य विस्तार गर्न आफूहरू इच्छुक रहेको बताउनुभएको थियो । उहाँले डिजिटल संसद् निर्माण, समितिहरूसँग सहकार्य तथा अनुभव आदान–प्रदान कार्यक्रममार्फत सहयोग गर्न तयार रहेको बनाउनुभएको सभामुख अर्यालको सचिवालयले जनाएको छ । 

    सभामुख अर्यालले महिला सांसदहरूको क्षमता विकासका लागि सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।  रासस

प्रकाशित मिति: सोमबार, चैत ३०, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update