उपसभामुखद्वारा पद तथा गोपनियताको शपथ
काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवनमा आज साँझ आयोजित विशेष समारोहमा उपसभामुख ठाकुरले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुखको उपस्थिति थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२ २१:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
