RayNewsDaily
राष्ट्रपति पौडेलले दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुने    

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।     
     
राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम दिउँसो ३ः०० बजे सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो ।     
     
त्यसका लागि दुबै सदनका सदस्यहरुलाई उपस्थितिका लागि आह्वान गरिएको छ । रासस  

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update