RayNewsDaily
सुदूरपश्चिम प्रदेशको वनमन्त्रीमा भट्ट

सुदूरपश्चिम ।  सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेशसभा सदस्य शिवराज भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्नुभएको छ । 

 

मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शाहको सिफारिसमा उहाँलाई मन्त्री नियुक्त गर्नुभएको हो ।  नवनियुक्त मन्त्री भट्ट बैतडी जिल्लाबाट नेपाली कांग्रेसका निर्वाचित प्रदेशससभा सदस्य हुनुहुन्छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन रहेको थियो । 

 

प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् गठन तथा कार्यविभाजनसमेत गर्नुभएको छ । कार्यविभाजन देहायबमोजिम रहेको छः 

१. कमलबहादुर शाह, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।

२. बहादुरसिंह थापा, मन्त्री, आर्थिक मामिला मन्त्रालय ।

३.सुरेन्द्रबहादुर पाल, मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय ।

४. मेघराज खड्का, मन्त्री, सामाजिक विकास मन्त्रालय ।

५. हिरा सार्की, मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ।

६. विरबहादुर थापा, मन्त्री, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ।

७. शिवराज भट्ट, मन्त्री,उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय ।

 

 राज्यमन्त्री 

१. प्रकाश बम, राज्यमन्त्री,आर्थिक मामिला मन्त्रालय ।

२.सरस्वती खड्का,राज्यमन्त्री, सामाजिक विकास मन्त्रालय ।

३.निर्मलादेवी साउद, राज्यमन्त्री,भौतिक पूर्वाधार विकास मन्त्रालय । 

 

नवनियुक्त मन्त्री भट्टले आजै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएको छ । रासस

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update