व्यवसायी अग्रवाल पक्राउ
काठमाण्डू । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरुङको सचिवालयले व्यवसायी अग्रवाल पक्राउ परेको पुष्टि गरेको छ ।
विहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो । अग्रवाल र भट्ट व्यवसायीक साझेदार भएको बताइको छ । सम्पत्ति शुद्धिकरणको मुद्दामा भट्ट पक्राउ परे लगत्तै शंकर समूहका प्रमुख रहनु भएका अग्रवाललाई नियन्त्रणमा लिइएको गृह मन्त्री गुरुङको सचिवालयले उल्लेख गरेको हो ।
राससका अनुसार हालसम्म विभिन्न १० जनालाई पक्राउ गरिएको गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २१, २०८२ ०७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
