RayNewsDaily
अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छः उपराष्ट्रपति   

काठमाण्डू । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थकर भगवान् महावीरको जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि आध्यात्मिक उन्नतिका लागि शुभकामना दिनुभएको     
    
 महावीरको आज दुई हजार ६२५औँ जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ जैन धर्मावलम्बीले यस पर्वलाई महत्वपूर्ण चाडका रुपमा मनाउने गर्दछन् महावीरको जीवन दर्शन मानव सभ्यताको अमूल्य धरोहर हो उहाँले प्रतिपादन गर्नुभएको अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद ब्रह्मचर्यजस्ता सिद्धान्तले समाजलाई नैतिकता, करुणा सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरित गर्दछ”, उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको     
    
 महावीरले दिनुभएको अहिंसाको शिक्षाले सबै प्राणीप्रति करुणा दयाभाव राख्न सिकाउने सत्यको पालानले इमानदारी नैतिकताको मार्गमा दृढ रहन उत्प्रेरित गर्ने उपराष्ट्रपतिको कथन     
    
 लोभलालचबाट मुक्त भई सन्तोषपूर्ण जीवन जिउन प्रेरणा महावीरको विचारले दिने उल्लेख गर्दै उपराष्ट्रपतिले अनेकान्तवादले विभिन्न दृष्टिकोणलाई सम्मान गर्दै सहिष्णुता सामाजिक सद्भावलाई बलियो बनाउने स्पष्ट पार्नुभएको ब्रह्मचर्यले आत्मसंयम आध्यात्मिक उन्नतिको बाटो देखाउने यी सबै सिद्धान्तहरु आजको समाजमा उत्तिकै सान्दर्भिक रहेको उपराष्ट्रपतिको भनाइ     
    
 “महावीर जयन्ती धार्मिक अनुष्ठान मात्र होइन, सांस्कृतिक उत्सव पनि हो यस अवसरमा हुने पूजाअर्चना, शोभायात्रा, भक्ति सङ्गीत सामूहिक प्रार्थनाले समाजमा एकता, मेलमिलाप भाइचाराको सन्देश फैलाउँछ यसले हामीलाई आत्मचिन्तन गर्न, कर्म शुद्धीकरण गर्न समाज तथा राष्ट्रको हितमा योगदान दिन प्रेरित गर्दछ”, उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको     
    
 भगवान् महावीरलेबाँच बाँच्न देऊभन्ने अमूल्य सन्देश दिनुभएको स्पष्ट पार्दै उपराष्ट्रपतिले जीवनका विभिन्न आदर्शहरुलाई सरल उदाहरणसहित प्रस्तुत गर्दै मानवलाई सत्य, सदाचार तपस्याको मार्गमा अघि बढ्न प्रेरित गर्नुभएको पुष्ट पार्नुभएको महावीरको उपदेशले क्रोधलाई शान्तिले, असत्यलाई सत्यले दुष्टतालाई सद्गुणले पराजित गर्न सकिन्छ भन्ने अमर शिक्षा दिने सन्देशमा उल्लेख गर्नुभएको     
    
 महावीरले देखाएको सत्मार्गलाई आत्मसात् गर्दै सुखी, शान्तिपूर्ण समृद्ध समाज निर्माणमा योगदान पु¥याउने सङ्कल्प लिन सक्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले यस जयन्तीले हरेक नेपालीलाई नैतिकता, सहिष्णुता मानवतावादी मूल्यको मार्गदर्शन प्रदान गरोस्, पुनःशुभकामना व्यक्त गर्नुभएको  रासस   

 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update