अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
काठमाण्डू । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ ।
अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले उहाँलाई गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको हो । उक्त रिटमा भोलि सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार पूर्वगृहमन्त्री लेखकलाई गैरकानुनी रुपमा थुनामा राखिएको जिकिर गरिएको रिटको सुनुवाइ पनि भोलि नै हुनेछ । रासस
प्रकाशित मिति: आइतबार, चैत १५, २०८२ २२:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
