RayNewsDaily
पूर्वमन्त्री दीपक खड्का पक्राउ   

काठमाण्डू । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पूर्वमन्त्री खड्कालाई आज बिहान पक्राउ गरेको हो ।    
    
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । रासस   

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update