काठमाण्डू । चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक ब्युरोका सदस्य तथा चीनका परराष्ट्र मन्त्री वाङ यीले इरानका परराष्ट्र मन्त्री अब्बास अराक्छीसँग फोनद्वारा वार्ता गर्नुभएको छ।
हिजो मंगलबार भएको फोन वार्तामा इरानका परराष्ट्र मन्त्री अराक्छीले क्षेत्रीय परिस्थितिको पछिल्लो अवस्था सार्वजनिक गर्दै चीनले प्रदान गरेको आपतकालीन मानवीय पहुँचका लागि धन्यवाद दिनुभयो। इरानका जनताले एकताबद्ध हुँदै गएर बाह्य आक्रामकताप्रति विरोध गरिरहेको र राष्ट्रिय सार्वभौमसत्ता तथा स्वाधीनतालाई संरक्षण गरिरहेको उहाँले बताउनुभयो। इरानलाई अस्थायी युद्धविरामले मात्र नपुग्ने भन्दै सम्पूर्ण युद्धविरामको लक्ष्य प्राप्त गर्ने प्रयास इरानले गरिइरहेको उहाँले स्पष्ट पार्नुभयो। हर्मुज जलडमरु सबैलाई खुला हो र सबै जहाज त्यहाँबाट पार गर्न सक्ने तर युद्धमा सहभागी देशहरूलाई त्यो छुट नभएको उहाँले बताउनुभयो। विभिन्न पक्षहरूका कदमले शान्ति स्थापना गर्रने सहकार्य र परिस्थितिलाई चर्काउनबाट जोगाउने अपेक्षा इरानले गरेको उहाँले स्पष्ट पार्नुभयो। चीनले युद्धविराम प्रवर्द्धन गर्नका लागि सक्रिया भूमिका खेल्ने इच्छा इरानले गरेको उहाँले बताउनुभयो।
चिनियाँ नेता वाङ यीले चीनको सैद्धान्तिक दृष्टिकोणलाई पुनःपुष्टि गरेर सबै जल्दाबल्दा मुद्दाप्रति वार्ता तथा छलफलद्वारा समाधान गरिनुपर्छ भन्दै सैन्य गतिविधिले समाधान ननिस्कने बताउनुभयो। आक्रमणभन्दा वार्ता बढी राम्रो भन्दै इरानको राष्ट्रिय लाभ र जनताको हितसँग मिल्ने र अन्तर्राष्ट्रिय समाजको सामान्य इच्छासँग पनि मिल्ने कुरामा उहाँले जोड दिनुभयो। सबै पक्षहरूले शान्तिका सबै अवसर र झ्यालहरूलाई सदुपयोग गर्दै शान्ति वार्ताको प्रक्रियालाई सकेसम्म चाँडो सुरु गर्नुपर्छ भन्ने चीनको अपेक्षा रहेको पनि उहाँले दोहोर्याउनुभयो। चीनले निष्पक्ष र वस्तुनिष्ठ अडान कायम राख्दै अन्य मुलुकहरूको सार्वभौमिकतामाथिको उल्लङ्घनको विरोध गर्दै शान्ति वार्तालाई प्रोत्साहन गर्ने र क्षेत्रीय शान्ति तथा स्थिरताका लागि निरन्तर रूपमा प्रयास गर्ने कुरामा नेता वाङ यीले जोड दिनुभयो। सिजीटिएन
