त्रिघाटी जलाशय क्षेत्रमा ड्रोनद्वारा केशर सुन्तला ढुवानी गरिँदै
पैचिङ । चीनको त्रिघाटी जलाशय क्षेत्रमा पर्ने हुपै प्रान्तको चक्वी काउन्टीमा केशर सुन्तलाको फसल समय सुरु भएको छ।

बारीमा, किसानहरूले राम्रो मौसमको फाइदा उठाउँदै बजारमा आपूर्ति गर्ने उद्देश्यले केशर सुन्तला टिपिरहेका छन्, ड्रोनले भरिएका टोकरीहरू लिएर पहाडतर्फको वितरण केन्द्रमा पठाइँदैछ। चक्वी काउन्टीलाई 'चीनको केशर सुन्तलाको ठाँउ' भनेर चिनिन्छ र यहाँको केशर सुन्तला खेतीको क्षेत्रफल २६ हजार हेक्टरभन्दा बढी छ।

त्यहाँ कृषि क्षेत्रमा ड्रोनको प्रयोग सक्रिय रूपमा फैलिएको छ, सन् २०२५ सम्ममा कुल ७ लाख टनभन्दा बढी केशर सुन्तला ड्रोनद्वारा ढुवानी गरिएको छ, जसले करिब २० हजार हेक्टर जमीन समेटिएको छ। सीजिटिएन



प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२ ०८:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
