RayNewsDaily
चीन र अमेरिकाद्वारा पेरिसमा आर्थिक व्यापार परामर्श सम्मेलनको आयोजना

पैचिङ । मार्च १५ र १६ तारिख चीनका उपप्रधानमन्त्री ह लिफङ र अमेरिकी वित्त मन्त्री स्कट बेसेन्टले फ्रान्सको पेरिसमा आर्थिक व्यापार परामर्श सम्मेलनको आयोजना गर्नुभएको छ। दुई पक्षले चीन अमेरिका राष्ट्रानायकको सहमतिमा भन्सार कर,व्यापार र लगानीलाई प्रवर्द्धन गर्ने आदि साझा विषयबारे गहिरो र रचनात्मक आदानप्रदान तथा परामर्श गरेर नयाँ सहमति जनाएका छन्।

चीनका उपप्रधानमन्त्री ह लिफङले गत वर्ष पाँच चरणको परामर्श गरेर चीन र अमेरिकाले श्रृँखलाबद्ध उपलब्धि हासिल गर्दै दुई मुलुकका आर्थिक व्यापार सम्बन्ध र विश्व अर्थतन्त्रमा अझ बढी निश्चितता र स्थिरता थपेको बताउनुभएको छ। चीनले अमेरिकाले थपेको एक पक्षीय भन्सार करको निरन्तर विरोध गरेको व्यक्त गर्दै उपप्रधानमन्त्री ह लिफङले अमेरिकालाई एक पक्षीय भन्सार कर रद्द गर्न ताकेता गर्नुका साथै आवश्यक कदम चाली आफ्नो वैध अधिकारको संरक्षण गर्ने बताउनुभएको छ।

स्थिर चीन अमेरिका आर्थिक व्यापार सम्बन्ध विश्वका लागि महत्वपूर्ण रहेको भन्दै विश्व आर्थिक वृद्धि, आपूर्ति श्रृँखलाको सुरक्षा र वित्तिय स्थिरताका लागि हितकर रहेको अमेरिकी पक्षले व्यक्त गरेको छ।

दुवै पक्षले दुई देश बीचको व्यापार लगानीको सहयोगात्मक संयन्त्रको स्थापना गर्ने, चीन अमेरिका आर्थिक व्यापार परामर्श संयन्त्रको भूमिका निर्वाह गर्दैजाने, वार्ता र आदानप्रदानलाई सबल पार्ने, विभेदको नियन्त्रण गर्ने, आर्थिक व्यापार सम्बन्ध स्थिर र राम्रो रूपमा अघि बढाउने स्वीकार गरेका छन्। सीजिटिएन

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update